आज यी चार प्रदेशमा वर्षाको सम्भावना
एक्सन खबर
काठमाडौं, २६ साउन । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ । दिउँसो पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आंकलन पनि गरिएको छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भू–भागका एक-दुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ ।
शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भू–भागमा एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
0 प्रतिकृया