Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


अस्पताल शुल्क बढाएर जनता लुट्ने वीपी प्रतिष्ठानका किर्ते उपकुलपतिको दाउ

एक्सन खबर
साउन, २७, २०७९


अस्पताल शुल्क बढाएर जनता लुट्ने वीपी प्रतिष्ठानका किर्ते उपकुलपतिको दाउ

सुनसरी,  २७ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आर्थिक रुपले टाट पल्टिन अवस्थामा पुगेको छ । वीपी प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार डा. सूर्य प्रसाद संग्रौलाका अनुसार प्रतिष्ठानको आर्थिक अवस्था ऋणात्मक हुँदै गइरहेको छ ।

वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीले कमिसनको चक्करमा जथाभावी खरिद गर्दा र प्रतिष्ठानलाई चलाउन नसक्दा पूर्व कै प्रतिष्ठित स्वास्थ्य संस्था टाट पल्टिने अवस्थामा पुगेको हो ।

वीपी प्रतिष्ठान आर्थिक रुपले जरजर भएपछि चिकित्सक, शिक्षक, कर्मचारी विद्यार्थीले पाउँदै आएका सुविधा कटौती गरिएको छ । रजिष्ट्रार डा. सूर्य प्रसाद संग्रौलाले प्रतिष्ठानको हालको आर्थिक अवस्थालाई मध्यनजर गरी अस्पताल सञ्चालन, नियमित परीक्षाका कार्यक्रम, चिकित्सक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको नियमित तलब भत्तालगायतका अत्यावश्यक कार्य बाहेक अन्य शीर्षकमा खर्च गर्न अर्को व्यवस्था नहुन्जेलसम्मका लागि साउन २५ को निर्णय अनुसार स्थगन गरिएको जानकारी गराएका छन् ।

बर्खास्त गर्नुपर्ने उपकुलपति गिरीलाई कांग्रेस नेतृ डा. डिला संग्रौलाका श्रीमान् सूर्य संग्राैलालाई वीपीमा रजिष्ट्रारको जागिर खुवाउने नाममा देउवा सरकारले जोगाएको छ ।


‘प्रतिष्ठानले सोधभर्ना प्राप्त हुनुपर्ने संस्थाबाट तोकिएको समयमा सोधभर्ना प्राप्त नहुने, प्रतिष्ठानको विभिन्न शैक्षिक कार्यक्रमहरूबाट भइरहेको आयको व्यापक कटौती हुन गएको अवस्थामा कोभिड-१९ भाइरसको प्रकोप निरुपण भइसकेको कारण अस्पतालको आम्दानी समेत प्रभावित भई प्रतिष्ठान विषम आर्थिक अभावको चरणबाट गुज्रिरहेको’, परिपत्रमा भनिएको छ ।

डा. ज्ञानेन्द्र गिरी प्रतिष्ठानकाे उपकुलपति भएर गएपछि संस्था डुब्न लागेको हो ।  बर्खास्त गर्नुपर्ने उपकुलपति गिरीलाई कांग्रेस नेतृ डा. डिला संग्रौलाका श्रीमान् सूर्य संग्राैलालाई वीपीमा रजिष्ट्रारको जागिर खुवाउने नाममा देउवा सरकारले जोगाएको छ ।

बिरामी उपचार शुल्क दोब्बर गर्न डिलाका श्रीमान् सूर्यले वीपी टाट पल्टेको घोषणा गरेको आरोप समेत लागेको छ । वीपी प्रतिष्ठान टाट पल्टिन लागेको मौकामा अस्पतालकाे सबै सेवा शुल्क महँगो बनाउने तयारी भइरहेको छ । एकातिर प्रतिष्ठान विषम आर्थिक अभावको चरणबाट गुज्रिरहेको भनिएको छ । अर्कोतिर उपकुलपति र सेटिङमा गतहप्ता मात्र नियुक्ति पाएका अस्पताल निर्देशक डा. जगत प्रसाद मिलेर ३ दिन अगाडि तलब भुक्तानी गर्ने खाताको ६ करोड मोटो कमिसन लिएर मेडिकल व्यवसायीलाई भुक्तानी गरेका छन् ।

‘प्राध्यापकहरूको गोष्ठी, सेमिनार, अन्य भत्ता समेत रोकेर, शैक्षिक गतिविधिका खर्च समेत कटौती गरेर किर्ते उपकुलपति डा. गिरी अहिले काठमाडौंमा मस्ती गरिरहेका छन् ।’ प्रतिष्ठान श्राेत भन्दछ ।

निजी अस्पताल सरह अस्पताल शुल्क बढाउने तयारी स्वरूप नियोजित रूपमा किर्ते उपकुलपति र रजिष्ट्रारको योजनामा वीपी प्रतिष्ठान टाट पल्टिन लागेको सूचना जारी गरिएको प्रतिष्ठानका कर्मचारी बताउँछन् । अस्पताल शुल्क बढाउन गिरीले अस्पताल निर्देशक डा. जगतलाई गृहकार्य गर्न निर्देशन दिइसकेको उनीहरूको भनाइ छ ।

‘ल्याब परीक्षण, अपरेशन चार्ज अन्य सेवा शुल्क पुरै बढाउन गृहकार्य गर्दैछन्’, वीपीका एक अधिकारीले भने, ‘प्रतिष्ठानलाई टाट पल्टाएर पूर्व कै महँगो सरकारी अस्पताल बनाउने गरी गिरी र जगतले सेवा शुल्कमा भारी वृद्धि गर्ने तयारी गरिरहेका छन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा रजिष्ट्रारमा नियुक्त डा. संग्रौला सरकारबाट बजेट ल्याउने पहल गर्नुको सट्टा प्रतिष्ठान टाट पल्टेको घोषणा गरेर प्रतिष्ठानको सेवा शुल्क बढाउने किर्ते प्राध्यापक गिरीको योजनालाई साथ दिएका छन् । उपकुलपति गिरी, रजिष्ट्रार संग्रौला र अस्पताल निर्देशक जगतको कमिसनको दुष्चक्रमा वीपी प्रतिष्ठानलाई डुबाउन खोजेको वीपीका अधिकारीहरुको दाबी छ ।














0 प्रतिकृया