Follow us:


Follow us

९ वैशाख २०८३, बुधवार
९ वैशाख २०८३, बुधवार


बार्सिलोनाले रियल मड्रिडबाट ला लिगाकाे उपाधि खोस्ला ?

एक्सन खबर


बार्सिलोनाले रियल मड्रिडबाट ला लिगाकाे उपाधि खोस्ला ?

काठमाडौं, २७ साउन । गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ ।

प्रशिक्षक कार्लो एन्सेलोटीले इंग्लिस प्रिमियर क्लब चेल्सीका सेन्ट्रल ब्याक एन्टोनियो रुडिगर र मोनाकोका डिफेन्सिभ मिडफिल्डर औरेलियन टिचौअमेनीलाई भित्राउँदै आफ्नो स्क्वाड बलियो बनाएका छन् ।

एन्सेलोटी इतिहासकै लेजेन्डलाई आफ्नो एघारमा फिल्डिङ गर्न सक्छन् । नयाँ अनुबन्ध भएका र यसअघि राम्रो प्रदर्शन गरेका इडुआर्डाे कामाभिङ्गा, फेड भालभर्डे र रोड्रिगोले यस सिजन झनै आशा देखाएका छन् । कतार विश्वकप अघि यी खेलाडीले खेल्ने प्रसस्त मार्ग हुनुपर्छ ।

विश्वास गरिएका युवा स्टार केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न असफल भएपछि फेरि एकपटक एकमात्र सेन्ट्रल फरवार्डको जिम्मेवारी करिम बेन्जेमाले पाउनेछन् । लुका जोभिक इटालीयन क्लब फ्लोरेन्टिना प्रस्थान गरेका छन् । यस्तै, एन्सेलोटीले मारियानो डियाजलाई कहिल्यै विश्वास गरेनन् । ३५ वर्षीय खेलाडीबाट धेरै गोलको चाहना गर्नु रियलको लागि प्रश्न उठ्न सक्छ ।

चेल्सीबाट रियल आएका क्षमतावान इडेन हाजार्डले अघिल्लो सिजन स्तब्धपूर्ण प्रदर्शन गरे । इन्जुरीका कारण गत सिजन उनले जम्मा ६ गोल गरे । तर, अहिले हाजार्ड फिट भएका छन् । प्रि सिजनमा उत्कृष्ट प्रदर्शन गरेसँगै एन्सेलोटीको प्लानमा बेल्जियम खेलाडी रहेका छन् ।












0 प्रतिकृया








लोकप्रिय

















फल्लोअप