Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


बुन्डेसलिगामा डर्टमुन्डको पुनरागमन जित

एक्सन खबर
साउन, २८, २०७९


बुन्डेसलिगामा डर्टमुन्डको पुनरागमन जित

काठमाडौं, २८ साउन । बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी पुनरागमन जित निकालेको छ ।

युरोपा पार्क स्टेडियममा डर्टमुन्डले १-० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको हो । डर्टमन्डको जितमा जेमी बेनो गेटेन्स, युसोउफा मौकाको र मारिअस वल्फले गोल गरे ।

फ्रेइवर्गका माइकल ग्रेगोरिट्सले सान्त्वना गोल गरे । लगातार  दोस्रो जितसँगै ६ अंक जोडेको डर्टमन्ड शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको फ्रेइवर्ग तीन अंकसहित तेस्रो स्थानमा छ ।













0 प्रतिकृया