Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


शिक्षण अस्पताल पुगेर मेयर बालेनले भेटे निहारिकालाई

एक्सन खबर
साउन, २८, २०७९


शिक्षण अस्पताल पुगेर मेयर बालेनले भेटे निहारिकालाई

काठमाडौं, २८ साउन । काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंकाे माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन् ।

केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन । तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुनः काठमाडौं आएकी छिन् ।

यही क्रममा उनले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गरेकी थिइन । उनको प्रयासलाई प्रहरीले विफल पारेको थियो । उनको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उनलाई अहिले शिक्षण अस्पतालमा राखेको छ ।

अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर शाहले उनको माग जायज भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्  ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’













0 प्रतिकृया