Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


शून्य कोभिड नीतिमा चीन असफल हुँदै, पर्यटन केन्द्र संक्रमणकाे चपेटामा

एक्सन खबर
साउन, २९, २०७९


शून्य कोभिड नीतिमा चीन असफल हुँदै, पर्यटन केन्द्र संक्रमणकाे चपेटामा

बेइजिङ, २९ । चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणको चपेटामा परेका छन् भने आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौं पर्यटक अलपत्र परेका छन् ।

पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ । सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा असर गरेको छ । एशियन लाइट इन्टरनेसनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोनाभाइरस संक्रमण चीनका नयाँ क्षेत्रमा फैलिरहेको छ ।

आकस्मिक रुपमा गरिएको लकडाउनका कारण अहिले हजारौं पर्यटक अलपत्र परेका छन् । विडम्बनाको कुरा के हो भने २०२१ को सुरुमा चीन कोभिड–१९ बाट मुक्त भएको घोषणा गर्ने पहिलो देश बनेको थियो ।

कोभिडका कारण पूर्वी चीनदेखि पश्चिम चीनका विभिन्न क्षेत्रमा लकडाउन घोषणा गरिएको छ । कोभिड–१९ को महामारी चीनबाट सुरु भई जंगलको डढेलो झैं विश्वभर फैलिएपछि मात्रै एक जनामा लक्षणविहीन बिरामी रिपोर्ट गरेको थियो । केही दिन अघि तिब्बतले २८ नयाँ संक्रमित फेला पारेको जनाएका छ, जसका कारण यस क्षेत्रमा त्रास फैलाएको छ ।













0 प्रतिकृया