Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


बेलायत पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ

एक्सन खबर
साउन, २९, २०७९


बेलायत पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, २९ साउन । बेलायत पठाईदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने इलाम नगरपालिका–१ नारायणटारका ३७ वर्षीय प्रकाश राई छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले बेलायतमा मासिक ४ लाख रुपैयाँसम्म तलव हुने विश्वास दिलाई उनीहरूबाट प्रतिव्यक्ति ३ लाखका दरले १५ लाख रुपैयाँ लिई ठगी गरेका थिए ।

पीडितबाट रकम लिई सम्पर्क बिहिन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौ सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।  













0 प्रतिकृया