आज चार प्रदेशमा वर्षाको सम्भावना
एक्सन खबर
काठमाडौं, ३० साउन । आज देशभर बदली हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने ठानिएको छ ।
बुधबार प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आकलन गरिएको छ ।
0 प्रतिकृया