Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


कर्णाली स्वास्थ्य प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु

एक्सन खबर
साउन, ३१, २०७९


कर्णाली स्वास्थ्य प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु

जुम्ला, ३१ साउन । कर्णाली प्रदेशकाे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ । सोमबारबाट पश्चिम नेपालकी एकमात्र छाती रोग विशेषज्ञ डा. अनुस्मृती पालको टिमले प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो ।

प्रतिष्ठानले एक वर्षयता स्वास्थ्य सेवा तर्फ सुधार गर्दै सेवाहरू थप गरिरहेकाे छ । साेहि क्रममा ब्राेन्कोस्कोपी सेवा सुरू गरेकाे हाे । डा. पालले रोन्कोस्कोपी सेवाले क्षयरोग, फोक्सोको क्यान्सर, खकारमा रगत बग्ने, दीर्घ खोकीलगायतका बिरामीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

‘प्रतिष्ठानमा ब्राेन्कोस्कोपी उपकरणा केही दिन अगाडी नै आएको थियाे । यसकाे सेटअप लगायतका कामहरू सकिएपश्चात आजबाट सञ्चालनमा ल्याएका छाैं, यसले कर्णाली प्रदेशका शंकास्पद क्षयरोग, फोक्सोको क्यान्सर, खकारमा रगत बग्ने, दीर्घ खोकीलगायत राेगकाे उपचारमा सहयोग पुग्नेछ ।’ डा. पालले भनिन् ।



यस्तै, फोक्सो सुकेको, खकारमा रगत देखिने, मुखबाट रगत बग्ने, दीर्घ खोकीलगायतको राेग पहिचान र उपचारमा ब्राेन्कोस्कोपीले ठूलाे सहयाेग पुग्ने उनकाे भनाइ छ ।

प्रतिष्ठानमै याे सेवा सुरु भएपछि त्यस क्षेत्रका मानिसहरुलाई उपचार गर्न नेपालगन्ज, चितवन भरतपुर जस्ता टाढाका सहरमा जानुपर्ने बाध्यता हटेकाे छ । कर्णालीमा हाल जुम्ला, हुम्ला, मुगु, डाेल्पा, जाजरकाेट, रूकुम पश्चिम, जाजरकाेट, दैलेख, कालिकाेट तथा प्रदेशकाे राजधानी सुर्खेतबाट समेत उपचारार्थ बिरामीहरू पुग्ने गरेका छन् ।













0 प्रतिकृया