Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


हेटौडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो

एक्सन खबर
साउन, ३१, २०७९


हेटौडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो

मकवानपुर, ३१ साउन । बागमती प्रदेशको राजधानी हेटौंडामा काठमाडौं मेडिकल कलेजले वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सिनामंगल स्थित केएमसीले वरिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टोली पठाएर हेटौंडा ९ पशुपतिनगरमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११४२ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार स्वास्थ्य शिविरमा १८२ जनाको इसिजी, २१३ जनाको ल्याब परीक्षण तथा १९२ जनाको युएसजी गरिएको छ । यसैगरी, स्वास्थ्य शिविरमा आएका ३९ जनाको दाँत खोलिँदा थप उपचारका लागि ४७ जनालाई ओ.टी. रेफर गरिएको छ ।

स्वास्थ्य शिविरमा सहभागी स्वास्थ्यकर्मीका अनुसार गम्भिर प्रकारका स्वास्थ्य समस्या देखिएकालाई थप उपचार र परीक्षणका लागि ओ.टी. रेफर गरिने गरिएको छ । सामान्य प्रकारका समस्या भएकाहरुलाई निःशुल्क औषधी समेत वितरण गर्ने गरिएको छ ।

नारायणी बहुउद्देश्यीय सहकारी संस्था, लायन्स ब्लब अफ भक्तपुर, लियो क्लब अफ भक्तपुरसँगको संयुक्त आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरलाई हेटौडा नौं नम्बर वडा कार्यालय, लायन्स क्लब अफ हेटौडा, ब्लूक्रस, उद्योग संघ मकवानपुर, हेटौंडा सिमेन्ट, गुराँस मेडिकल, अनुज सर्जिकल लगायतको समन्वय र सहकार्य रहेको थियो ।

केएमसीको स्वास्थ्य सेवालाई आम जनतामाझ पु्र्याउने उद्देश्यले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर पुर्याइएको कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले बताए । ‘राजधानीसँगै मोफसलका जनताको घरघरमा केएमसीका दक्ष स्वास्थ्यकर्मीको पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर चलाइएको हो । यो निरन्तर जारी रहन्छ ।’ केएमसीले स्वास्थ्य शिविर चलाउँदा विविध कारणले स्वास्थ्यको पहुँचमा पुग्न नसकेका जेष्ठ नागरिक, महिला तथा बालबालिका र विपन्न नागरिकलाई धेरै राहत पुगेको डा. शर्माको दावी छ ।    
















0 प्रतिकृया