Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


सीपी गजुरेल समुह चुनावमा, विप्लव बहिस्कारमा

एक्सन खबर
भदौ, १, २०७९


सीपी गजुरेल समुह चुनावमा, विप्लव बहिस्कारमा

काठमाडौं, १ भदौ । आगामी ४ मंसिरमा हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिस्कार गर्ने भएको हो । शान्ति प्रक्रियामा आएपनि अझै पनि मुद्धाहरु फिर्ता नभएको भन्दै सरकारसँग आक्रोशित चन्द समुहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

उता, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समुहको एक घटक हो ।













0 प्रतिकृया