Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

एक्सन खबर
भदौ, १, २०७९


दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

धनगढी, १ भदौ । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । गोकुलेश्वर बाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रतापसिंह भण्डारीले बताए । मृत्यु हुनेमा ४ जना पुरुष र १ महिला रहेपनि उनिहरुको पहिचान नभएको उनले बताए ।

जीपको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको भएपनि एकिन विवरण भने नआएको उनले बताए । दुर्घटनामा परी जीप चालक र सह–चालक सहित ८ जना घाइते भएका र उनिहरुको जिल्ला अस्पताल गोकुलेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ ।













0 प्रतिकृया