Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


ललितपुरकाे कुटीसाउँगलमा केएमसीकाे निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
भदौ, ३, २०७९


ललितपुरकाे कुटीसाउँगलमा केएमसीकाे निःशुल्क स्वास्थ्य शिविर

ललितपुर, ३ भदाै । काठमाडाैं मेडिकल कलेज (केएमसी)ले ललितपुरकाे कुटीसाउँगलमा निःशुल्क स्वास्थ्य शिविर गरेकाे छ । शुक्रबार चन्द्रसुर्य पुस्तकालयसँगकाे सहकार्यमा केएमसीले आयाेजना गरेकाे निःशुल्क स्वास्थ्य शिविरमा ७५३ जना बिरामीकाे निःशुल्क स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार स्वास्थ्य शिविरमा ४२१ जनाकाे इसिजी, १९२ जनाकाे ल्याव परीक्षण, १८४ जनाकाे युएसजी गरिएकाे छ । त्यस्तै गरी शिविरमा आएका २७ जनाकाे दाँत खाेलिएकाे तथा ३५ जनालाई थप उपचारार्थ ओ.टी. रेफर गरिएकाे केएमसीका जनरल मेनेजर दाहालले बताए ।

केएमसीलाई विराटनगरका डा. सुनिल शर्माले नेतृत्व प्रदान गरेसँगै गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर पुर्याइएकाे छ । केएमसीकाे गुणस्तरीय स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे कार्यकारी अध्यक्ष डा. शर्माले बताए ।

निःशुल्क स्वास्थ्य शिविरमा नाक कान घाँटी, स्त्री राेग, बालबालिका, जनरल मेडिसिनका विशेषज्ञ चिकित्सक, ल्याव टेक्निसियन तथा नर्सहरूले बिरामीकाे स्वास्थ्य जाँच गरि परामर्श दिने गरेका छन् ।

















0 प्रतिकृया