Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति सचेत छौं

एक्सन खबर
भदौ, ३, २०७९


राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति सचेत छौं

काठमाडौं, ३ भदौ । काठमाडाैंबाट आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने उल्लेख गरेका छन् ।

'काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ ' उनले भनेका छन् ।

यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि आफूहरु आभारी रहेको शाहको भनाइ छ ।













0 प्रतिकृया