आज शनिबार पूर्वदिशा तर्फको यात्रा नगरेकै बेस, राशिफल
एक्सन खबर
आजको पात्रो: आज भदौं महिनाको ४ गते २०७९, शनिवार ।
तद्नुसार अगष्ट महिनाको २० तारिक २०२२ । भाद्रकृष्णपक्ष नवमी, तैतिल करण,
रोहिणी नक्षत्र, व्याघात योग चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान
सूर्योदय ५:३७ मा हुनेछ भने सूर्यास्त ६:३८ मा हुनेछ । आजको दिन शुभ रहेको छ
। शनिवार भएकाले शनिदेवको उपास्य, स्नान र शनिस्त्रोत्र पाठ र पिपलको
वृक्षमा जल अभिषेक गर्दा शनि दोष निर्वारण गर्न सकिन्छ । आजको देवता बायु, र
ग्रहदेव शुक्र रहेको छ । शनिवारको दिन पूर्वदिशा तर्फको यात्रा नगर्नुहोला
।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
व्यापार ब्यवसायबाट
लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ ।
परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । यात्राबाट तपाईलाई
फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु वेश
हुनेछ । शनिदेवको आरधना गर्नु उत्तम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष
राशिका जातकका लागि आजको दिन अर्थलाभ हुनेछ । ब्यापारको कामबाट फाइदा
हुनेछ । तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट
गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आज कुनै देवालयको दर्शन गर्नुहोला ।
आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । कसैलाई पनि अपमान हुने
काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको
दिन तपाईलाई परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।
त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी
हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा
बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै वेश हुनेछ
।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन
कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी
हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा
गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । विहान
सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला । आजको दिन कसैसँग विवाद हुने काम
नगर्नु होला । सूर्योदयको दर्शन गर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट
आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य
जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक
सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र
आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । आजको दिन मौन
रहनु उत्तम हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको
आज आफन्तसँग सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने
योग रहेको छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्यनारायणको दर्शन
गर्नुहोला । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा
सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु
होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा
गएर केही खानेकुरा वितरण गर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
कुनै
कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि
मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ ।
परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा
तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा
रुचि जाग्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
यात्राको
अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र
सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग
विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक
व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच
विचार गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट
सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र
परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन
मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला ।
सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
देवालय
र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै
आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी
गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक
आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास
गर्नुहोस् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
सामाजिक
सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन
गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ।
सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार
दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा
दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्यात्मिक
कार्यमा आजको समय व्यतित गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय
विताउदा मीन राशिका जातका लागि फाइदा पुग्नेछ । तपाईका लागि आजको दिन
आफन्तजनहरुसँगको भेटघाटले मनमा खुसियाली छाउनेछ । सामाजिक कामको समय खर्च
हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउने छ । आफूभन्दा ठूलाको सम्मानबाट
तपाईलाई आत्मिक शक्ति प्राप्त हुँदै जानेछ ।
0 प्रतिकृया