Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


प्रदीप गिरीको स्वास्थ्यवस्था स्थिर, प्रार्थना गर्न अनुराेध

एक्सन खबर


प्रदीप गिरीको स्वास्थ्यवस्था स्थिर, प्रार्थना गर्न अनुराेध

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको पारिवारिक स्रोतले उपचाररत गिरीको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेको छ । गिरीको पछिल्लो स्वास्थ्य अवस्था बारे भारती सिलवाल गिरीले वक्तव्य जारी गर्दै यस्तो अनुरोध गरिएको हो ।

वक्तव्यमा गिरीको स्वास्थ्यको जटिलता र वर्तमान अवस्थामाथि प्रकाश पारिएको छ । एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो । उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बनिरहेको छ ।  

नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको परिवारले जनाएको छ । गिरीलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताइएको छ ।

अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको पारिवारिक स्रोतले बताएको हो ।

अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय-समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको भारतीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।













0 प्रतिकृया