Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


आर्सनलको लगातार तेस्रो जित, लेस्टर पराजित

एक्सन खबर
भदौ, ५, २०७९


आर्सनलको लगातार तेस्रो जित, लेस्टर पराजित

काठमाडौं, ५ भदौ । बर्नेमाउथलाई ३-० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे ।

यस्तै, विलियम सालिबाले एक गोल थपे । जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ ।

लिगमा शनिबार लेस्टर सिटी साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ । लेस्टर घरेलु मैदान किंग पावर रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित हुन पुग्यो ।

जेम्स म्याडिसनले ५४औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ६८औं मिनेटमा चे एडम्सको गोलबाट पाहुना टोली खेलमा फर्किएको थियो । यस्तै, खेल सकिन ६ मिनेट बाँकी रहँदा एडम्सले नै गोल गरेपछि लेस्टर घरेलु मैदानमै निराश बन्यो ।

शनिबारै भएको खेलमा टोटेनहमका स्ट्राइकर ह्यारी केनले एकै क्लबबाट सर्वाधिक धेरै लिग गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उल्भ्सविरुद्ध निर्णायक गोल गरेसँगै केनले सर्जियो अग्युइरोको नाममा रहेको कीर्तिमान उछिनेका हुन् ।

उल्भ्सविरुद्धको गोल प्रिमियर लिगमा केनको १ सय ८५ औं गोल हो । म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अग्युरोको नाममा १ सय ८४ गोल  थियो । केनले करियरको २ सय ५० औं गोलसमेत पूरा गरेका छन् ।

यस्तै, अन्य खेलहरुमा क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई ३–१ ले र फुलहमले ब्रेन्टफोर्डलाई ३–२ ले पराजित गर्दा एभर्टन र नटिङ्घम फरेस्ट १–१ को बराबरीमा रोकिए ।













0 प्रतिकृया