Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


विरेन्द्र शंकर हाम्रो कर्मचारी हैनः वीपी प्रतिष्ठान

एक्सन खबर
भदौ, ६, २०७९


विरेन्द्र शंकर हाम्रो कर्मचारी हैनः वीपी प्रतिष्ठान

सुनसरी, ५ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भाद्र ४ गते एक अनलाईन सञ्चारमाध्यममा प्रतिष्ठानको कर्मचारीको हवाला दिँदै प्रकाशित समाचारमा उल्लेखित नाम गरेको व्यक्ति आफ्नो कर्मचारी नभएको बताएको छ ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै ‘धरानकी अपाङ्ग किशोरी गर्भवती, वीपी प्र्रतिष्ठानका स्वास्थ्य बीमा हाकिम वीरेन्द्र पक्राउ’ शिर्षकको समाचारमा उल्लेख गरिएको वीरेन्द्र बहादुर शंकर भन्ने व्यक्ति आफ्नो कर्मचारी नभएको प्रष्ट्याएको छ । ‘प्रतिष्ठानको नाम जोडेर प्रकाशित समाचार प्रति पूर्ण खण्डन गर्दै गलत समाचार बाट आम जनसमुदायमा उत्पन्न भएको भ्रम प्रति प्रतिष्ठान खेद व्यक्त गर्दछ ।’ प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भदौ ४ गते एक अनलाइन सञ्चारमाध्यममा धरान ८ मा बस्ने एक अपाङ्ग किशोरीलाई बलात्कार गरेको आरोपमा सोही स्थानका ६१ वर्षीय वीरेन्द्र बहादुर शंकर पक्राउ परेको र उनी वीपी प्रतिष्ठानको स्वास्थ्य बीमाको हाकिम भएको भन्दै समाचार प्रकाशित भएको थियो ।













0 प्रतिकृया