Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


नेपाल फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका

एक्सन खबर
भदौ, ६, २०७९


नेपाल फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं, ६ भदौ । नेपाल फाइनान्सको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता सेयर लिलामी भर्ने सोमबार (६ भदौ) अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो ।

तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
 













0 प्रतिकृया