विप्लव नेतृत्वकाे नेकपाले निकाल्यो मसाल जुलुस (फोटो फिचर)
एक्सन खबर
काठमाडौं, ६ भदौ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको
नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा
विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
तत्कालीन
केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३
बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ
पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौता विरुद्ध
विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।
जसमा
नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती
नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी
नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।
0 प्रतिकृया