Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


किभद्वारा रुसी हमलामा ९ हजार युक्रेनी मारिएको स्वीकार

एजेन्सी
भदौ, ७, २०७९


किभद्वारा रुसी हमलामा ९ हजार युक्रेनी मारिएको स्वीकार

किभ, ७ भदौ । रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए ।

भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने बताएका छन् । उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब ९,००० नायकहरू मध्ये हुन सक्ने उनले बताए ।

झन्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीहरुले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन् । यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा ३ हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जनाएका थिए ।













0 प्रतिकृया