Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


वीपी प्रतिष्ठानमा अङ्ग प्रत्यारोपण केन्द्र स्थापनाको प्रक्रिया अगाडी बढाउन स्वास्थ्यमन्त्रीको सुझाव

एक्सन खबर
भदौ, ६, २०७९


वीपी प्रतिष्ठानमा अङ्ग प्रत्यारोपण केन्द्र स्थापनाको प्रक्रिया अगाडी बढाउन स्वास्थ्यमन्त्रीको सुझाव

धरान, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गरेका छन् । शनिबार प्रतिष्ठान आइपुगेका मन्त्री खापुङले प्रतिष्ठानको निरीक्षण गर्दै स्वास्थ्य सेवा विस्तार गर्न, नयाँ सेवाहरु थप गर्न मन्त्रालय सकारात्मक रहेको बताए ।

शनिबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा. जगत नारायण, रजिष्ट्रार डा. सुर्य प्रसाद संग्रौला तथा शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल लगायत फ्याकल्टीहरुसँग भेटघाट गर्दै प्रतिष्ठानको विविध विषयमा छलफल तथा अन्तरक्रिया पनि गरेका थिए ।

निरीक्षणको क्रममा मन्त्री खापुङले प्रतिष्ठानको निर्माणाधिन मातृशिशु भवन तथा अंकोलोजी, कार्डियोलोजी भवन निर्माण स्थलमा गई त्यहाँको वस्तुस्थिती बारे जानकारी लिएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जनाएका छन् ।

सोहि क्रममा मन्त्री खापुङले निर्माणाधिन सि.टि.भि.एस. अपरेशन कक्ष र विस्तारित ३० बेड आई.सि.यू., हालसालै थप गरिएको २० बेडको डायलाइसिस यूनिटको अवलोकन गरेका थिए ।  सो क्रममा डायलासिस यूनिटमा उपचारार्थ आएका बिरामीहरुसँग मन्त्री खापुङले प्रत्यक्ष कुराकानी गरी प्रतिष्ठानले पुर्याएको सेवाहरु कत्तिको राम्रो छ ? भनी प्रतिक्रिया पनि लिएका थिए । उक्त निरीक्षण भ्रमण टोलीमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, स्वास्थ्य मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेल र मन्त्रालयका अन्य पदाधिकारीहरु समेत थिए ।



प्रतिष्ठानको निरीक्षण गर्ने खापुङले रेडियोलोजी विभागमा पनि गएर विभागमा रहेको समस्या र त्यसका निराकरणका बारेमा बिरामी तथा विभागका चिकित्सकहरुसँग राय सुझाव लिएका थिए । पटक पटक विज्ञापन गर्दा पनि रेडियोलोजिस्ट चिकित्सकहरुको आवेदन नपरी उत्पन्न जनशक्ति अभावका कारणले गर्दा विरामीहरुलाई दिइने सेवामा हुने गरेको केहि ढिलाईका बारेमा अस्पताल निर्देशक डा.जगत नारायणले मन्त्री खापुङलाई अवगत गराउँदै मन्त्रालयबाट विशेष सहयोगको अपेक्षा राखेको बताए ।

मन्त्री खापुङले प्रतिष्ठानको इमर्जेन्सी विभागको निरीक्षण गर्ने क्रममा बाहिर समाचारमा सुनिए भन्दा व्यवस्थित रहेको बताए । प्रतिष्ठानको फार्मेसी निरीक्षण पश्चात् लामो समय देखि बन्द रहेको फार्मेसी पुनः सञ्चालनमा आई बिरामीवर्गले सुलभ सुविधा पाएकोमा खुशी मन्त्री खापुङले खुसी व्यक्त गरे ।

सोक्रममा मन्त्री खापुङले प्रतिष्ठानमा हुँदै गरेका सुधारहरु उल्लेखनीय रहेको र प्रतिष्ठानको थप सुधार एवं विकासका निम्ति मन्त्रालय सधै सकारात्मक भएको बताउँदै आवश्यक सहयोगका लागि सधै तत्पर रहेको जिकीर गरे । विगतमा जे जस्तो भएता पनि आउँदा दिनहरुमा सबै सरोकारवालाहरु एकजुट भएर अगाडी बढ्दै प्रतिष्ठानको हितमा काम गर्न मन्त्री खापुङको सुझाव छ ।



प्रतिष्ठानका उपकुलपति डा. गिरीले प्रतिष्ठानमा अङ्ग प्रत्यारोपण केन्द्र बनाउने योजना रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा दक्ष जनशक्ति उपलब्ध गराउन मन्त्रालयसँग कुरा गरेको सन्दर्भमा मन्त्री खापुङले मन्त्रालय सकारात्मक रहेको भन्दै प्रक्रिया अगाडी बढाउन सुझाव पनि दिए ।

यस्तै, प्रतिष्ठानको डेन्टल कलेज परिसर बाहिर विगत केही समय पहिले देखि घोपा बचाउ अभियानका नाममा भइरहेको आन्दोलनका अधिकांश मागहरु पुरा भैसकेको र केहि दीर्घकालिन रुपमा पुरा हुने मागको सम्बोधन बारे त्रिपक्षीय रुपमा स्वास्थ्य मन्त्रालयको तर्पmबाट स्वास्थ्य मन्त्री, प्रतिष्ठानका उपकुलपति तथा अभियानका संयोजक समेत गरी ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो ।














0 प्रतिकृया