Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथानकाे सेवा अब नोबेलमा

एक्सन खबर
भदौ, ९, २०७९


भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथानकाे सेवा अब नोबेलमा

विराटनगर, ८ भदौ । भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन् ।

उनलाई नोबेलका न्यूरो बिभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन् । प्रा.डा.जोनाथानको नोबेल प्रवेशले नेपाली विरामीहरुलाई निकै राहत मिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् ।

नोबेलमा बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले, डा.प्रमोद चौधरी लगायत न्यूरो सर्जनहरु पनि कार्यरत छन् । प्रा.डा.जोनाथानको प्रवेशले नोबेलमा न्यूरो सर्जनको टिम थप मजवुत भएको छ । विश्वमै जटिल एवं दुर्लभ मानिने शल्यक्रियाहरु पनि सफलतापूर्वक गरेर नोबेल अस्पताल न्यूरो सर्जरी सेवामा अब्बल सावित छ । नोबेलमा नेपालका बिभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि शल्यक्रियाका लागि आउँने गरेका छन् ।



नोबेलले दुई अर्ब २० करोडको लगानी गरेर २०७३ सालबाट दक्षिणपूर्वी एशियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो । नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरु भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ । नोबेलमा न्यूरो सर्जरी सम्बन्धि पीएचडी लेबलको ‘एमसीएच न्यूरोसर्जरी’ पढाई पनि हुने गरेको छ ।













0 प्रतिकृया