Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


बार्सिलोना र सिटीको बराबरी

एक्सन खबर
भदौ, ९, २०७९


बार्सिलोना र सिटीको बराबरी

काठमाडौं, ९ भदौ । रियाल महारेजले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर सिटीले बुधबार मैत्रीपूर्ण खेलमा बार्सिलोनासँग हारको संकट टारेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा सिटीले ३-३ को बराबरी खेलेको हो । २१औं मिनेटमा जुलियान अल्भारेजले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि नै पियरी इमरिक औबामयाङको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो ।

६६औं मिनेटमा फ्रयांकी डी जोङले बार्सिलोनालाई अग्रता दिलाए । ७०औं मिनेटमा कोल पाल्मरले सिटीलाई खेलमा फर्काए ।

७९औं मिनेटमा मेम्फिस डिपेको गोलमा भने बार्सिलोनाले सिटीमाथि रोमाञ्चक जित निकाल्ने संकेत गरेको थियो । तर इन्जुरी समयको नवौ मिनेटमा महारेजले पेनाल्टीको सदुपयोग गर्दा बार्सिलोना निराश बनेको थियो ।













0 प्रतिकृया