Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


‘मौलिक घरहरुलाई पुरानै मोडलमा विकास गर्न सकिन्छ’ विदेशी विद्यार्थीहरु

एक्सन खबर
भदौ, १०, २०७९


‘मौलिक घरहरुलाई पुरानै मोडलमा विकास गर्न सकिन्छ’ विदेशी विद्यार्थीहरु

काठमाडौं, ९ भदौ । पौराणिक, पुरातात्विक तथा मौलिक घर तथा पुराना संरचनाहरुलाई संरक्षण गर्नुपर्नेमा विदेशी विद्यार्थीहरुले जोड दिएका छन् । भुटान तथा लिथुनियाका विद्यार्थीहरुले भक्तपुर तथा काभ्रेपलाञ्चोकको पनौतीमा रहेका पुराना घरहरुको अध्ययन गर्दै ती संरचनाहरुलाई पुरानै संरचनामा विकास गर्न सकिने बताएका हुन् ।

दुई हप्तासम्म प्रिजर्भिङ एडीओवो आर्किटेक्चर अफ नेपाल शिर्षकमा परम्परागत मौलिक सहरका रुपमा रहेका भक्तपुर तथा पनौतीमा केस स्टडी गरेका उनीहरुले बिहीबार नेपाल इन्जिनियरिङ कलेजमा आयोजित एक कार्यक्रममा प्रस्तुति दिँदै नेपालका पुराना तथा मौलिक घरहरुलाई पुरानै मोडलमा विकास गर्न सकिने बताए ।

मौलिक पुराना घरहरुको निर्माण गर्न स्थानीय तहले मुख्य भूमिका निर्वाह गर्नुपर्ने, व्यापक जनचेतना जगाउँदै निर्माण सामग्रीहरु पनि सोही अनुसार उपलब्धता हुनुपर्ने उनीहरुको जोड छ । काठमाडौं उपत्यकाको मौलिकता, संस्कृति र परम्परालाई जिवन्त तुल्याउन पनि मौलिक घरहरुको संरक्षण गर्नुपर्नेमा उनीहरुको जोड छ । ‘मौलिक तथा पुराना घरहरुलाई जोगाउन स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाहरुले उचित नीतिहरु बनाउनु पर्छ । निर्माण सामग्रीहरुको उपलब्धतालाई ध्यान दिनुपर्छ । साथै, व्यापक रुपमा जनतामाझ चेतना फैलाउनु पर्दछ ।’ कार्यक्रममा प्रस्तुति दिनेक्रममा विद्यार्थीले बताए ।



उक्त केस स्टडी भुटान र लिथोनियाका १५ जना विद्यार्थीहरु सहभागी थिए । भुटानका १० तथा लिथोनियाका ५ जना विद्यार्थीहरुले दुई हप्तासम्म केस स्टडीमा सहभागी रहेका थिए । नेपाल इन्जिनियरिङ कलेजका एशोसिएट प्रोफेसर रामप्रसाद सुवालले उक्त विद्यार्थीहरुले भक्तपुर र पनौतीका पुराना वस्तीहरु भएका क्षेत्रमा गएका अवलोकन र अध्ययन गरेका थिए । त्यसक्रममा स्थानीय तहका सरोकारवालाहरुसँग समेत कुराकानी गरेर सुझावहरु लिएका थिए ।

उक्त केस स्टडीले उपत्यकाका पुराना तथा मौलिक घरहरुको संरक्षण, संवद्र्धन र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले दक्षिण एसियाली राष्ट्रहरुका विश्वविद्यालयका समस्याको आधारमा रहेर केस स्टडी भएको बताउँदै विद्यार्थीहरुले अध्ययनका क्रममा हासिल गरेको ज्ञान र क्षमतालाई तीन घण्टाको परीक्षाले मापन गर्न नसकिने बताए । अधिकतम प्रयोगात्मक विधीहरु अपनाएको अवस्थामा जस्तोसुकै कठिन काम गर्न सकिने बताउँदै डा. श्रेष्ठले समस्याको आधारमा रहेर सिकाईका अभ्यास गराउँदा प्रभावकारी हुने बताए ।

सोक्रममा परम्परागत वस्ती तथा घरहरुको संरक्षण अभियानका रवीन्द्र पुरी, कार्यक्रममा सहभागी भएका विदेशी विद्यार्थी, केस स्टडीमा सहयोग गरेका एशोसिएट प्रोफेसरहरुलाई प्रिन्सिपल डा. श्रेष्ठ, भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुरा भट्टराईले प्रमाणपत्र वितरण गरेका थिए ।















0 प्रतिकृया