एकाएक ‘नायक’ फिल्ममा अनिल कपुरकाे जस्ताे किन भए बालेन ?
एक्सन खबर
काठमाडौं, ९ भदौ । पछिल्लो २४ घण्टा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह चर्चामा रहे । बलिउड फिल्न ‘नायक’का अभिनेता अनिल कपुरसँग सर्वसाधारणले शाहको तुलना गरिरहेका छन् ।
महानगरपालिकामा बनेका व्यवसायिक प्रयाेजनका भवनहरूले बनाएका अनधिकृत संरचना भत्काउन बालेन साहले एकाएक डाेजर चलाएपछि उनलाइ बलिउड फिल्म नायककाे ‘नायक’ अर्थात् हिराेकाे रूपमा हेरिएकाे छ । ‘नायक’ फिल्ममा अनिल कपुरले १ दिनका लागि मुख्यमन्त्री बन्दा २४ घन्टामा जनतासँग प्रत्यक्ष जाेडिएका कामहरू रातारात गरेकाे देखाइएकाे छ । बालेन साहले नायक फिल्मकाे नायक जस्तै झल्काे दिँदै काम गर्न थालेपछि महानगरबासीकाे वाहवाही पाउन थालेका हुन् ।
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पूराना भनिएका राजनीतिक दलहरु कांग्रेस, एमाले लगायतका दलका उम्मेदवारलाई भारी मत अन्तरले पराजित गर्दै बालेन मेयरमा निर्वाचित भएका थिए ।
कांग्रेस एमाले लगायतका दलहरुले जनताको अपेक्षा बमोजिम महानगरमा काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहँदा शाहले नगरबासीको मन जितेका थिए । तर, निर्वाचित भएको चार महिना भइसक्दा मेयर शाहबाट उल्लेख्य कार्यसम्पादन नभएको भन्दै आलोचना भइरहेको थियो । केही दिन अघिसम्म काठमाडौंका चोक र सडकमा फोहरको डंगुर थुप्रिएको थियो जसको व्यवस्थापन गर्न नसकेको भन्दै मेयर शाहको चर्को आलोचना भइरहेको थियो ।
काठमाडौं, धरान र धनगढीसहितका कतिपय मुख्य सहरहरुमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव जितेको र आगामी निर्वाचनमा पनि स्वतन्त्रहरुको पल्ला भारी हुने चर्चा जारी रहँदा काठमाडौंका मेयर शाहको कार्यसम्पादन कमजोर देखिएको थियो । यसअघि काठमाडौंमा यति लामो समय फोहरको समस्या भोग्नु नपरेको भन्दै भन्दै नगरबासीले शाहको आलोचना गरिरहेका थिए ।
धरानबासीलाई पानी खुवाउने नारा दिएर धरान उपमहानगरमा निर्वाचित हर्क साम्पाङ भने निर्वाचन अघि भन्दा अहिले चर्चाको शिखरमा रहेका थिए । श्रमदान गरेर चर्चामा रहेका उनले शाहमाथि सामाजिक सञ्जालबाट बेलाबेला शब्दबाण प्रहार गरिरहेका थिए ।
तर, पछिल्लो २४ घण्टामा काठमाडौंका मेयर शाह यस्तो रुपमा देखा परे जसले गर्दा उनको यसअघि कमजोर जस्तो देखिएको कार्यसम्पादन बलियो देखिएको छ राजधानीकाे फाेहर उठ्ने क्रममा छ । भने, बालेन अहिले अबैध संरचना भत्काउने काममा खटेका छन् ।
सामाजिक सञ्जालमा उनी अहिले हटकेक बनेका छन् । चुनाव अघि जस्तै अहिले चोक, चियापसल, सामाजिक सञ्जालमा उनकै चर्चा छ । शाहले बलिउड फिल्म ‘नायक’को शैलीमा भटाभट काम गरेको भन्दै यस्तै कामको अपेक्षा नगरबासीले गरेको र त्यसलाई शाहले पूरा गर्ने संकेत गरेको भन्दै प्रशंसा भइरहेको छ ।
सरकारी पारामा हुने गरेको कामकाबीच मेयर शाह एकाएक ‘नायक’ शैलीमा छाएका हुन् ।
काठमाडौमा पार्किङको समस्या छ । तर व्यापारीक प्रयोजनका लागि बनेका भनवहरुले भने पार्किङका लागि अनुमति पाएका स्थानमा व्यवसाय सञ्चालनका लागि भाडामा लगाइरहेका थिए । जसलाई शाहले तोडेका छन् । ३५ दिन अघि सूचना जारी गरेका उनले ३६ औं दिनदेखि डोजर लिएर मैदानमा उत्रिए । कानुन विपरित भएका संरचनामा उनले डोजर चलाएका छन् जसको यतिबेला वाहवाही भइरहेको छ ।
बालेनमा जसरी भए पनि काम गर्नुपर्ने चुनौती थियो किनकी उनीमाथि नगरबासीले विकासको अपेक्षा गर्दै मत खन्याएका थिए । उनले आफूलाई कमजोर नदेखाउनका लागि पनि केही गरेर देखाउनु पर्ने चुनौती थियो जसलाई उनले डोजरको सहायताले केही गरेर देखाउने हुटहुटी रहेको देखाउन खोजेका छन् ।
बालेनले महानगर बनाउने सपना देखिरहँदा बिहीबार नयाँ बानेश्वरकाे अल्फाविटा भवनकाे अबैध संरचना भत्काउँदा नेकपा एमालेका केही नेता तथा सांसदहरूले राजनीतिक रंग दिन लागिपरेकाे पाइएकाे छ ।
अल्फाविटाका मालिक द्विराज शर्मा केपी शर्मा ओलीका खास मान्छे हुन् । उनी राजनीतिक शक्तिका पुजारी नै हुन् भन्दा हुन्छ । कन्सल्टेन्सीबाट कराेडाै कमाएका उनले एमालेका धेरै नेता कार्यकर्ताहरू रिझाएका छन् । नेकपा एमाले मात्र हैन उनी कांग्रेसका ठूला नेता र मन्त्रीहरूसँग पनि नजिक छन् । राजनीतिक पावर भएकैले बालेन साहलाई तर्साउने तरिकाले थर्काएका द्विराजकाे पक्षमा सांसद महेश बस्नेतले समेत स्टाटस लेखेका छन् ।
0 प्रतिकृया