Follow us:


Follow us

२३ मंसिर २०७९, शुक्रवार
२३ मंसिर २०७९, शुक्रवार


‘नक्सा मागे, नक्सा र डोजर लिएर गएँ मैले के बिराएँ ?’ (फोटो फिचर)

एक्सन खबर
भदौ, ९, २०७९




‘नक्सा मागे, नक्सा र डोजर लिएर गएँ मैले के बिराएँ ?’ (फोटो फिचर)

काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ ।

 ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अल्फाविटा अवलोकनमा पुगेको थियो । तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो ।

बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुगे । घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो ।

गत सोमबार नयाँ बानेश्वरमा र बुधबार सुन्धरा, न्यूरोडसहितका स्थानमा अवैध संरचना महानगरले भत्काएको थियो ।

अल्फाबिटाले नक्सामा पार्किङ भनेर उल्लेख गरेको बेसमेन्टमा अनाधिकृत संरचना बनाएर फार्मेसी सञ्चालन गरिरहेको थियो । डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् ।

निरीक्षणका क्रममा बालेन साह र अल्फाविटाका मालिक द्विराज शर्मा विच चर्काचर्की परेकाे थियाे । द्विराज शर्माले बालेन साहलाइ ‘नक्सा महानगरपालिकासँगै हाेला नी !’ भन्दै थर्काएका थिए । शर्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका खास मान्छे हुन् ।

‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ? नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,’ बालेन साहले फेसवुकमा भनेका छन् । अब उप्रान्त यस्तो गर्नु नपर्नेगरी सबैले आफैँ बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् ।























0 प्रतिकृया