बनेपामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ८५६ जना लाभान्वित
एक्सन खबर
काठमाडौं, ९ भदौ । काभ्रेपलाञ्चोकको बनेपामा काठमाडौं मेडिकल कलेज (केएमसी)ले आयोजना गरेको स्वास्थ्य शिविरमा ८५६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बनेपा नगरपालिका वडा नं. ६ सँगको सहकार्यमा भक्तेश्वर आधारभुत विद्यालयमा स्वास्थ्य शिविर राखिएको थियो ।
उक्त स्वास्थ्य शिविरमा १२५ जनाको इसिजी, १९२ जनाको ल्याब परीक्षण, १६२ जनाको युएसजी गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ३२ जनाको दाँत खोलिएको थियो भने, ३७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
समाजसेवी तथा केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले गाउँगाउँमा केएमसीको स्वास्थ्य सेवा पुर्याउने हेतूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । आउँदा दिनहरुमा केएमसीको सेवालाई अझ गुणस्तरीय र सर्वसुलभ बनाउँदै लैजाने लक्ष्य लिइएको डा. शर्माको भनाई छ ।
0 प्रतिकृया