Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


‘हामीलाई हार्ने छुट छैन, एमालेको जितसँगै समाजवाद’ भगवती चौधरी

एक्सन खबर
भदौ, ८, २०७९


‘हामीलाई हार्ने छुट छैन, एमालेको जितसँगै समाजवाद’ भगवती चौधरी

सुनसरी, ८ भदौ । नेकपा एमालेकी नेतृ भगवती चौधरीले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा पार्टीलाई चौतर्फी घेरावन्दीबाट निकालेर जित दर्ता गराउन तमाम् नेता तथा कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने बताएकी छन् । सुनसरी क्षेत्रं. ३ अन्तरगत बर्जु गाउँपालिका स्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा नेकपा एमालेको जितसँगै मुलुकमा समाजवाद आउने पनि बताइन् ।

नेकपा एमालेले सदैव जनताको लागि राजनीति गरेको जिकीर गर्दै मंसिर ४ गतेको निर्वाचनमा पुनः एकपल्ट एमालेलाई जनताले विस्वास गर्नुपर्ने बताइन् । ०७४ सालमा जनताले इतिहासमै पहिलोपल्ट कम्युनिस्ट पार्टीलाई विस्वास गरेपनि देशी विदेशी शक्तिहरु मिलेर कम्युनिस्ट सरकार ढालेको दावी गरिन् । ‘२०७४ सालमा बनेको कम्युनिस्ट सरकारले गरेका राम्रा काम देख्न नसकेर, समृद्ध मुलुक सुखी नेपालीको अभियानको लोकप्रियता देख्न नसकेर पार्टीभित्र र बाहिरका शक्तिहरुले सरकार ढाले ।’ मुलुकमा समाजवाद स्थापनार्थ लागेको पार्टी फुटाउँदा प्रतिक्रियावादीहरुलाई बल पुगेको चर्चा गर्दै नेतृ चौधरीले भनिन् ।

साथै, उनले मंसिर ४ गतेको निर्वाचनमा बर्तमान गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रने र पहिलो दल पनि बन्ने दावी गरिन् । ‘कमरेडहरु देशिविदेशी शक्तिहरुले हामीलाई फुटाएपनि जनताको बहुदलीय समाजवादमा विस्वास गर्नेहरुलाई फुटाउन सकेको छैन । हामी अझैपनि हारेका छैनौं, मंसिर ४ गतेको निर्वाचनमा जनताको विस्वासको मत लिएर हामी पुनः सरकारमा जान्छौं ।’ बर्तमान गठबन्धनमा रहेका दलहरुको एक मात्र उद्देश्य सत्ता प्राप्ति रहेको ठहर गर्दै नेतृ चौधरीले गठबन्धनसँग जनतामाझ जाने ऐजेण्डा नै नभएको पनि बताइन् ।

एमालेलाई विजय गराउन नेता कार्यकर्ताहरुको भूमिका महत्वपूर्ण भएको बताउँदै उनले केपी शर्मा ओलीको सरकारले गरेका विकास, शुसासन तथा आर्थिक संमृद्धिका कामहरु जनतालाई प्रष्टरुपमा बुझाउन अनुरोध गरिन् । सुनसरीको क्षेत्र नं. ३ का जनताले २०७० सालदेखि नै परिवर्तन खोजेको बताउँदै यसपल्ट आफुहरुलाई हार्ने छुट पनि नभएको प्रष्ट्याइन् । ‘यो क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सडक लगायत समग्र विकासका लागि राजनीतिक नेतृत्व परिवर्तन अपरिहार्य छ । योपल्ट हामीहरुलाई हार्ने छुट छैन । जितका लागि सम्पूर्ण परिवर्तनका पक्षमा रहेका नेता, कार्यकर्ता र जनतालाई अन्तिम पल्ट साथ दिन आग्रह गर्दछु ।’ चौधरीले भनिन् ।

प्रशिक्षण कार्यक्रममा एमाले सुनसरी ३ प्रदेश (क)का प्रदेश सांसद लिलम बस्नेत, नेता रामदेव यादव तथा एमाले बर्जु गाउँपालिकाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

















0 प्रतिकृया