Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

एक्सन खबर
भदौ, २३, २०८३


रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

काठमाडौं । भदौ १० गते गएको रसुवा–भोटेकोशी बाढीबाट पिडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ । 

भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठूलो मात्रामा धनजनको क्षती भएको र आसपासका अन्य जिल्लामा समेत क्षती पुर्याएको घटनामा बाढी प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनामा सहयोग गर्न फरवार्ड माइक्रोफाइनान्सले नगद ३० लाख ६ सय ६५ रुपैया रकम प्रदान गरेको संस्थाका कम्पनी सचिब विनोद कुमार चौधरीले जानकारी दिए ।  

वित्तीय संस्थाले उक्त घटनामा परी मृत्यु भएकाहरुको आत्माको चीर शान्ति र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित उद्धार र राहतमा प्रभावकारी रुपमा काम गर्न पनि अनुरोध गरेको छ । उक्त रकम कोषमा दाखिला गर्नुका साथै बाढीबाट प्रभावितहरुलाई दैनिक उपयोग हुने किसिमका सामग्रीहरु संस्थाले आफैंले बितरण गर्नेेछ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १६ लाख र कर्मचारीहरुबाट संकलित १४ लाख ६ सय पैंसठ्ठी रुपैया गरी ३० लाख ६ सय ६५ रुपैंया नगद रकम जम्मा गरेको हो । 

संस्थाकी अध्यक्ष भगबती चौधरीले राष्ट्र नै विपत्तिको चपेटामा परेको बेला देश र जनताको लागि सरकारले अभियानमा जोडिएको बताइन् । ‘यो विशुद्ध राष्ट्र निर्माण र मानवीय सहयोग हो ।’ आर्थिक सहयोग प्रधानमन्त्री राहत कोष मार्फत गरेपनि पिडितहरुलाई अन्य जिन्सी सामग्रीहरु संस्था आफैंले वितरण गर्नेछ ।

फरवार्ड माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको (घ) बर्गको बित्तीय संस्था हो । यसले नेपालको ४० वटा जिल्लामा १५९ वटा शाखा मार्फत गरिब, विपन्न समुदायका महिलाहरुलाई वित्तीय सेवा दिँदै आएको छ । संस्थामा २ लाख ८४ हजार ग्राहक सदस्यहरु आबद्ध रहेका छन् । 













0 प्रतिकृया