Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


चावहिल सरस्वतीनगरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
भदौ, १०, २०७९


चावहिल सरस्वतीनगरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १० भदौ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविरमा ९६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. ६ चावहिल सरस्वतीनगर स्थित गोल्डेनपिक हाइस्कुल सँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा उक्त संख्यामा बिरामीको स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य शिविरमा १२२ जनाको इसिजी, १७६ जनाको ल्याव परीक्षण तथा १९१ जनाको युएसजी गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । यस्तै शिविरमा आएका मध्ये २९ जनाको दाँत खोलिएको तथा ४२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

पछिल्लो समय डा. सुनिल शर्माको प्रवेश भएसँगै केएमसीले आफ्ना सेवाहरु गाउँगाउँ पुर्याएको छ । आम सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको केएमसीका कार्यकारी अधिकृत डा. शर्माले बताए ।

केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्री रोग, नाक कान घाँटी, आँखा तथा दन्तरोग विषेशज्ञ चिकित्सक तथा नर्सहरुले स्वास्थ्य जाँच गर्ने गरेका छन् ।















0 प्रतिकृया