Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


आइतबारकाे राष्ट्रियसभामा राष्ट्रपतिले फर्काएकाे नागरिकता विधेयक टेवुल हुँदै

एक्सन खबर


आइतबारकाे राष्ट्रियसभामा राष्ट्रपतिले फर्काएकाे नागरिकता विधेयक टेवुल हुँदै

काठमाडौं, ११ भदौ । राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाबाट पारित बीमा विधेयक २०७५, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक तथा अन्य केही विधेयकमाथि छलफल हुने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

नागरिकता विधेयक यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारी गत साउन १६ गते प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाएको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयकमा आफ्नो सन्देशसहित फिर्ता पठाएकी थिइन् ।

पछि फेरि प्रतिनिधिसभाको बैठकले गत भदौ २ गते जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभामा पठाएको हो । अब राष्ट्रिय सभाले उक्त विधेयक जस्ताकाे तस्तै पारित गरेकाे अवस्थामा राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने छ ।














0 प्रतिकृया