Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


सुदूरपश्चिमाञ्चल साहित्य समाजले मनायो मोतिजयन्ती

एक्सन खबर
भदौ, ११, २०७९


सुदूरपश्चिमाञ्चल साहित्य समाजले मनायो मोतिजयन्ती

काठमाडौं, ११ भदौ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा नेपाली भाषा साहित्यका विराट प्रतिभा प्रथम गजलकार, युवाकवि मोतिराम भट्टको १५७औं जन्म जयन्ती एक समारोहका बीच सम्पन्न भएको छ ।

धनगढीमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण, स्रस्टा सम्मान र रचना वाचनसमेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि किरण थापाले पृथ्वी नारायण शाहले गरेको भौगोलिक एकीकरणलाई नेपाली भावनाको एकीकरण गर्न आदिकवि भानुभक्त आचार्य लिखित नेपाली भाषाको देवनागरी लिपिको रामायणको प्रकाशन गरेर देशलाई अद्वितीय योगदान गरेको भन्दै भट्टको योगदानको चर्चा गरेका थिए ।

सुप विश्वविद्यालय भाषा साहित्य तथा संस्कृति अध्ययन केन्द्रका प्रमुख डा. हरिश्चन्द्र भट्टले साहित्य मनको भाव हो त्यही भावलाई शृंगारिकताले बाध्न सक्नु भट्टको अदितीय क्षमता भएको बताए । मोतिरामका गजलमा जीवनका सबै रंग पोखिएको पाइने उनले बताए ।

कवि मनिराज जोशीले नेपाली साहित्यमा कवि खनालको योगदान देश र यस प्रदेशका लागि उत्कृष्ट रहेको बताउँदै पेसा र साहित्य सिर्जनासँगै लगेर यतिका कृति रचना हुनु प्रेरणाको स्रोत भएको बताए । सुदूरका रंगहरू खण्डकाव्यका स्रस्टा बन्धु मेघनाथ खनालले सुदूरपश्चिम अब पछ्यौटे मात्र नभइ प्राकृतिक, सांस्कृतिक सम्पदाको सौन्दर्य रहेको बताए ।

सुप साहित्य समाजका उपाध्यक्ष एवं गजल मञ्चका पूर्व अध्यक्ष टोपेन्द्र शाह रसिकले नेपाली साहित्यमा युवाकवि मोतिराम भट्ट धेरै विधामा प्रथम भएको बताए । 'सबैले आफ्नो नामका लागि काम गर्छन तर भानुभक्तिय रामायणको प्रकाशन गरेर भानुभक्तको कृति फिजाउन निस्वार्थ हृदयी युवा कविको योगदान साहित्य र देशका लागि प्रेरणाको स्रोत हुनुभएको छ,' उनले भने ।

प्राज्ञ बासुदेव पाण्डेयले बन्धु मेघनाथ खनालको लोकार्पित कृति सुदूरका रंगहरूको समीक्षा गर्दै कवि खनालको प्रसंसा गरे । कार्यक्रम समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको हो ।













0 प्रतिकृया