Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


भारतमा सामूहिक बलात्कारीलाई रिहा गरेकोमा देशभर प्रदर्शन

एजेन्सी
भदौ, १२, २०७९


भारतमा सामूहिक बलात्कारीलाई रिहा गरेकोमा देशभर प्रदर्शन

नयाँ दिल्ली, १२ भदौ । मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेको आरोपमा आजीवन कारावासमा परेका ११ जनालाई रिहा गर्ने सरकारको निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ ।

सन् २००२ मा गुजरात राज्यमा भएको धार्मिक दंगामा उनको परिवारका १४ सदस्यको पनि मृत्यु भएको थियो । ती पुरुष १५ वर्षको जेल सजायपछि रिहा भएका थिए । महिला र पुरुषले बलात्कारीलाई रिहा गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्दै नाराबाजी गरेका थिए ।

भारतीय फिल्म स्टार र महिला अधिकार अभियानकर्ता शबाना आजमीले राजधानी दिल्लीमा एएफपीसँग भनिन, ‘बिल्किस बानो र उनको परिवारलाई जे भयो त्यो हामीले  हेर्न सक्दैनौं ।’

प्रदर्शनमा विद्यार्थीहरुको पनि सहभागीता छ । ‘यो कुरूपता र पितृसत्ता यति बढेको छ र यो बिन्दुमा सामान्य बनाइएको छ कि अब बलात्कार मानिसहरूको लागि सामान्य छ’, विद्यार्थी प्रदर्शनकारी अदितीले भनिन् ।

१०० भन्दा बढी सेवानिवृत्त निजामती कर्मचारीहरूले भारतका प्रधानन्यायाधीशलाई पत्र लेखेर  बलात्कारीहरूको रिहाईले सबै महिलाहरूको सुरक्षामा नकारात्मक प्रभाव पार्ने जनाएका छन् । भारतले आफ्नो स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाउँदै गर्दा गुजरात सरकारले १५ अगस्टमा दोषीहरूलाई रिहा गर्ने निर्णय गरेको थियो ।

एउटा भाइरल भिडियोमा गोधरा जेलबाहिर पुरुषहरू लाइनमा बसेका देखिएका छन् भने आफन्तहरूले उनीहरूलाई मिठाई दिएर सम्मान प्रकट गर्न खुट्टा छोएका छन् ।
 













0 प्रतिकृया