Follow us:


Follow us

१८ साउन २०८३, सोमवार
१८ साउन २०८३, सोमवार


चाेलेन्द्र शमसेरले सांसदलाई कुरे डेढ घण्टा

एक्सन खबर
भदौ, १५, २०७९


चाेलेन्द्र शमसेरले सांसदलाई कुरे डेढ घण्टा

काठमाडौं, १५ भदौ । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारिस समितिका सदस्य कुरेर बसे । समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् ।  

बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो । गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् ।

जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । बैठक भर्खरै सुरु भएको छ ।

जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । साे बैठकमा जबराकाे बयान पनि सुरु भएकाे छ ।














0 प्रतिकृया