मोटरसाइकल ठोक्किँदा बुटवलमा बाबु-छोराको मृत्यु
एक्सन खबर
बुटवल, १५ भदौ । बुटवलमा मोटरसाइकल दुर्घटनामा परी
बाबु-छोराको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु
हुनेमा बुटवल उपमहानगरपालिका-१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५
वर्षीय छोरा निशान भट्टराई रहेका छन् ।
रुपन्देही प्रहरीका अनुसार
बुधवार दिउँसो बुटवल १३ बेलवासस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट
पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट
आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना
भएको हो ।
दुर्घटनामा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट
पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकर मुनी परेको थियो । उक्त
मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।
दुर्घटनामा
बुटवल-१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पाको रामपुर नगरपालिका-२ का २३
वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक
अस्पतालमा उपचार भइरहेको छ ।
0 प्रतिकृया