Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार दुहवी आउँदै

एक्सन खबर
भदौ, १७, २०७९


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार दुहवी आउँदै

सुनसरी, १७ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुनसरीको दुहवी आउने भएका छन् । एमाले सुनसरी ३ नम्बर क्षेत्रीय कमिटीको आयोजनामा भोली शनिबार विहान हुन लागेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्न दुहवी आउन लागेका हुन् ।

सुनसरी क्षेत्र नं. ३ का कांग्रेस, माओवादी लगायतका सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम तय छ । एमाले क्षेत्रिय कमिटीको आयोजनामा दुहवीको फरवार्ड हलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, केन्द्रीय सदस्य भगवती चौधरी, जिल्ला तथा प्रदेशका नेताहरुले नव प्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सुनसरी क्षेत्र नं. ३ बाट राजनीतिसँगै समाजसेवा गर्दै आइरहेकी नेतृ चौधरीको अगुवाईमा सयौं कांग्रेसी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्न लागेका हुन् । एमालेले मात्रै जनताको दुखः र समस्या बुझ्ने भन्दै उनीहरुले मुलुकको आर्थिक, सामाजिक विकास र शुसासनका लागि अबको निर्वाचनबाट पुुनः नेकपा एमालेको सरकार बन्नुपर्ने बताएका छन् ।

कार्यक्रममा सुनसरीको दुहवी, इटहरी, गढी, बर्जु लगायतका स्थानबाट सयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेछन् । उक्त कार्यक्रममा पार्टी अध्यक्ष ओलीले परमादेशी गठबन्धन सरकार विरुद्ध पार्टीको चुनावी रणनीति, बर्तमान राजनीतिक परिस्थितिका बारेमा संवोधन गर्नेछन् । भने,  नेतृ भगवती चौधरी तथा जिल्ला, प्रदेश र क्षेत्रका नेताहरुले पनि संवोधन गर्ने कार्यक्रम छ ।

सर्वोच्चको परमादेशबाट गठन भएको ५ दलीय गठबन्धन सरकारले देश र जनतालाई महंगी, भ्रष्टाचार मात्रै दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

२०७४ सालमा केपी शर्मा ओलीको नेतृत्वको सरकारले समृद्ध नेपाल, सुखी नेपाली नाराका साथ नयाँ नेपाल निर्माणको अभियान थालेतापनि कम्युनिस्ट सरकारको लोकप्रियता देखेर देशी विदेशी सड्यन्त्र गरेर सरकार ढालेपछि जनताहरु कांग्रेस, माओवादी लगायतका दलबाट विरक्तिएका छन् ।













0 प्रतिकृया