Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


युवा खेलाडीहरुलाई प्रोत्साहन गर्न नेकपा एमाले तत्परः भगवती चौधरी

एक्सन खबर
भदौ, १७, २०७९




युवा खेलाडीहरुलाई प्रोत्साहन गर्न नेकपा एमाले तत्परः भगवती चौधरी

सुनसरी, १७ भदौ । नेकपा एमालेकी नेतृ भगवती चौधरीले खेलकुदका माध्यमबाट युवाहरुको सर्वाङ्गिण विकासमा धेरै काम गर्न सकिने बताएकी छिन् ।

सुनसरीको क्षेत्र नं. ३ अन्तरगत इटहरीमा आजबाट सुरु भएको प्रथम नगरस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन गर्दै नेतृ चौधरीले खेदकुदका माध्यमबाट राष्ट्र निर्माणमा धेरै गर्न सकिने बताउँदै युवाहरुमा रहेको प्रतिभालाई उजागर गर्न राज्यले सहयोग गर्नुपर्ने चर्चा गरिन् ।

नेकपा एमाले सदैव युवाहरुको पक्षमा रहेको जिकिर गर्दै नेतृ चौधरीले स्थानीय स्तरमा भएका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्दै राष्ट्रीय अन्तराष्ट्रिय स्तरमा पुर्याउन पार्टीले सदैव प्रोत्साहन र सहयोग गर्ने बताइन् ।

सुनसरी खेलकुदको उर्वरभूमी भएको चर्चा गर्दै नेतृ चौधरीले खेलकुद क्षेत्रको विकासमा पूर्वाधार निर्माण, खेलाडीको वृत्ति विकास गरेर उनीहरुलाई व्यवसायीकरण गर्न आवश्यक रहेको जनाउँदै नेकपा एमाले त्यसका लागि तत्पर रहेको बताइन् ।  ‘खेलकुदका क्षेत्रबाट राष्ट्रलाई विश्वमा परिचित गराउन ठूलो सहयोग पुग्छ, नेकपा एमाले युवाहरुमा रहेको प्रतिभालाई स्थानीय स्तरबाट उठाएर राष्ट्रिय, अन्तराष्ट्रिय तहमा पुर्याउन सदैव तत्पर रहेको छ ।’ चौधरीले भनिन् ।

उनले युवाहरुलाइृ दुव्र्यसनी हुनबाट रोक्न खेलकुद महत्वपूर्ण रहेको चर्चा गर्दै युवाहरुको शारिरीक तथा मानसिक विकासका लागि पनि खेलकुद अपरिहार्य रहेको बताइन् ।

स्काई भिजन नेपालको आयोजना तथा फुलबारी युवा क्लबकाे ब्यवस्थापनमा भइरहेको प्रतियोगितामा २० वटा टिमकाे सहभागिता रहेकाे छ । प्रतियाेगिताकाे संयोजन इटहरी उपमहानगरपालिका वडा नं. ८ र ९ ले गरेका छन् ।
















0 प्रतिकृया