Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


कांग्रेस सुनसरी १ मा लक्ष्मी खतिवडा सहित ५ जनाकाे नाम सिफारिस

एक्सन खबर
भदौ, १७, २०७९


कांग्रेस सुनसरी १ मा लक्ष्मी खतिवडा सहित ५ जनाकाे नाम सिफारिस

धरान, १७ भदौ । नेपाली कांंग्रेसले मंसिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले सुनसरी क्षेत्र नं. १ वाट प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीका अनुसार प्रदेशसभा सुनसरी–१(१) वाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारका लागि चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, संदिप श्रेष्ठ, रवि राई, किशोर राई, पदमसुन्दर लिम्वु, अशोक अविरल राई, कृष्णकला मादेन, झुमादेवी राई, कुसुम लता ओली, शिला बज्राचार्य, निर्मला शर्मा (नेपाल), श्यामा रेग्मी, विश्वराज शर्मा, मदन ढकाल, विनोद घिमिरे, युवराज शंकर, राजेन्द्र साह, जयप्रकाश शर्मा र सचित शर्मा (झा) को नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभा सुनसरी–१ (२) वाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि माधव घिसिङ, तिलक राई, जगत बहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काफ्ले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई(महिला) को नाम सिफारिस गरिएको छ भने प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारका लागि सन्तोष वि.क., मन्जु राई, बुद्धि कटुवाल, ममता तामाङ, गोविन्द बहादुर बस्नेत, पुजा धामी, विजया कटुवाल, रोजन रनपहेली, उर्मिला प्रधान र सुमित राईको नाम सिफारिसमा परेका छन् ।

त्यसैगरी सुनसरी–१ वाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारका लागि प्रा.डा. गोविन्द बहादुर तुम्वाहाङ, विनोद कुमार राई, भिष्म काफ्ले, डा. आनन्द प्रसाद आचार्य, मिना पुलामी, गणेश परियार, गोविन्द दर्नाल, गणेश सुब्बा, चित्रकुमारी राई, महेन्द्र प्रधान, भोजकुमार न्यौपाने, पुर्ण सुवेदी, प्रेम पौडेल, पुर्णबहादुर राई, निर्मला गुरुङ, मनिता घिमिरे र कोपिला भट्टराईको नाम सिफारिसमा परेका छन् ।

बैठकले नेपाली कांग्रेस पार्टीमा निरन्तर नेतृत्वदायी योगदान गर्दै आएको, विगतमा अनुशासनको कारवाहीमा नपरेको, पार्टी संगठन र जनतामा लोकप्रिय रहेको, सामाजिक क्षेत्रमा समेत स्थापित भएको, निरन्तर अवसरवाट वञ्चित रहँदै आएको प्रभावकारी व्यक्तिलाई उम्मेदवार बनाउन राय समेत पठाएका छन् ।













0 प्रतिकृया