Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


भरतपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ११६२ बिरामी लाभान्वित

एक्सन खबर
भदौ, १८, २०७९


भरतपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ११६२ बिरामी लाभान्वित

काठमाडौं, १८ भदौ ।  काठमाडौं मेडिकल कलेजले बागमती प्रदेशको चितवनको भरतपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले भरतपुर महानगरपालिका वडा नं. ८ मा वडा समितिसँगको सहकार्यमा गरेको उक्त निःशुल्क स्वास्थ्य शिविरमा ११६२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

केएमसीले भरतपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दैछ भन्ने थाहा पाएपछि विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउन बिरामीहरुको भिड लागेको थियो निःशुल्क स्वास्थ्य शिविरमा आएका बिरामी मध्ये १९५ जनाको इसिजी, २१४ जनाको ल्याब, १९९ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तैगरी, शिविरमा आएका ३७ जनाको दाँत खोलिएको थियो भने, थप परीक्षण र उपचारका लागि ४२ जनालाई ओ.टी. रेफर गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा केएमसीका नाक कान घाँटी, आँखा, स्त्री रोग तथा जनरल मेडिसिनका दक्ष चिकित्सक तथा नर्सहरु रहेका थिए ।

केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले आम जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिँदै आएको बताएका छन् । प्रदेश १ को विराटनगरमा नोबेल शिक्षण अस्पताल सञ्चालन गर्दै गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउँदै आएका डा. शर्माले केएमसीका सेवाहरु पनि विभिन्न क्षेत्र र सहरमा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् ।

















0 प्रतिकृया