Follow us:


Follow us

९ असोज २०७९, आइतवार
९ असोज २०७९, आइतवार


डेंगुका बिरामीले भरियो टेकु अस्पताल (तस्बिरहरू)

एक्सन खबर
भदौ, २०, २०७९




डेंगुका बिरामीले भरियो टेकु अस्पताल (तस्बिरहरू)

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ ।

डेंगु भाइरस 'एडिस' जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ ।

 डेङ्गु भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसहरूमा रोगको लक्षण देखिँदैनन् वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य खालका लक्षणहरू देखिन्छ । संक्रमितमध्ये पाँच प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ । निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पन तीनदेखि १४ दिन लाग्छ । बालबालिकामा डेङ्गुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरू देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ ।

डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्नेजस्तो लक्षण देखिन्छन् । वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्दछ ।

डेङ्गुको संक्रमण भएका ५०–८० प्रतिशत बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरू देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यो अवस्थामा शरीरमा हुने कोषिकाहरू फुटेर छालामा स–साना थोप्लाहरू देखा पर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् ।

स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरोविरुद्धको खोप र खासै उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शंका लागेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।













0 प्रतिकृया