Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


नेपाल मेडिकल कलेजका नयाँ विद्यार्थीलाई अभिमुखीकरण

एक्सन खबर


नेपाल मेडिकल कलेजका नयाँ विद्यार्थीलाई अभिमुखीकरण

काठमाडौं, २० भदौ । नेपाल मेडिकल कलेजले नयाँ शिक्षक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखी कार्यक्रम राखेको छ । आइतबार कलेजले चिकित्सा शिक्षाका स्नातक तहमा अध्ययनरत नयाँ विद्यार्थीहरुकालागि शैक्षिक अभिमुखीकरण कार्यक्रम राखेको हो ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला रिजालले चिकित्सा शिक्षा आफैंमा गहन र संवेदनशील शिक्षा भएकाले विद्यार्थीहरुले सदैव पढाईमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए । युवावस्थामा ससाना कुराहरुले पनि पढाईबाट ध्यान भंग हुने, क्षणिक आकर्षण र मनोरञ्जनमा ध्यान जाने संभावना अधिक हुने भएकाले सतर्क भई आफ्नो करियर बनाउन विद्यार्थीहरु लाग्नु पर्ने बताए । मेडिकल शिक्षाका विविध विषय र नेपाल मेडिकल कलेजका बारेमा विद्यार्थीहरुलाई जानकारी दिँदै अध्यक्ष डा. रिजालले विद्यार्थीलाई स्वागत गरे ।



यस्तैगरी, कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले विद्यार्थीहरुलाई आफ्नो पढाई र भविष्यप्रति फोकस भएर अनुशासित तवरले अध्ययन गर्न सुझाए । अन्य विषयभन्दा चिकित्सा शिक्षा गहन र फरक रहेकाले ५ वर्षसम्म एकाग्र भएर अध्ययन गर्न सुझाए । विद्यार्थीको सफलता नै कलेजको सफलता भएको प्रष्ट पार्दै अनुशासनहिन काममा ध्यान नदिन सचेत गराए । ‘हुनत सबै विषयको आ–आफ्नै विशेषता हुन्छ तर, मेडिकल शिक्षा जस्तो पवित्र र गम्भिर विषय अरु छैन । यसको महत्व र गाम्भिर्यता बुझेर तपाईहरुले अध्ययन गर्नुहुन्छ । आफ्नो तथा कलेजको नाम उच्च राख्नुहुन्छ भन्ने विस्वास लिएको छु ।’ अन्सारीले भने ।

कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्रीले कलेजको शैक्षिक अवस्था, पढाईको वातावरण, पाठ्यक्रम लगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदै विद्यार्थीको सफलता नै कलेजको सफलता रहेकाले लगनशील भएर अध्ययन गर्न सुझाए ।

कार्यक्रममा कलेजको शैक्षिक कार्यक्रम २०२२ अन्तरगत एमविविएसको २५ औं ब्याच, विडिएसको ११ औं ब्याच तथा विएस्सी नर्सिङको १० औं व्याचका नयाँ भर्ना भएका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

अभिमुखी कार्यक्रममा भाइस प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा. माेदनाथ मरहठ्ठा तथा हस्पिटल इन्चार्ज दिलिप साहलगायतको सहभागीता रहेको थियो ।  
















0 प्रतिकृया