नेकपा एमाले सुनसरी ३ (क) मा युवा उम्मेद्वार सिफारिस
एक्सन खबर
सुनसरी, १९ भदाै । नेकपा एमालेले आसन्न प्रदेश सभा
सदस्य निर्वाचनको लागि सुनसरीको क्षेत्र नं. ३ (क) बाट युवा सञ्चार उद्यमी
विष्णु (समिर) कार्कीको नाम सिफारिस गरेको छ । पार्टीले जनभावना अनुसार
युवा नेताहरुलाई अगाडि सार्ने रणनीति लिदै युवा उद्यमी कार्की सहितको नाम
सिफारिस गरेको हो ।
एमाले सुनसरी ३ नं. क्षेत्रीय समन्वय कमिटीले
कार्कीसँगै लिलम बस्नेत र राेहित कार्किकाे नाम सिफारिस गरेकाे संयोजक
उमेश पौडेलले जानकारी दिए ।
सुनसरीको इटहरीमा युवा लक्षित एरिना
टेलिभिजन सञ्चालन गर्दै युवाहरुलाई व्यक्तित्व बिकासको लागि अवसर दिदै
आइरहेका कार्कीले टेलिभिजन बाहेक पनि अन्य उद्योगहरु समेत सञ्चालन गर्दै
आइरहेका छन् । युवाहरुको नेतृत्व विकास, प्रतिभा प्रस्फुटनमा समेत उत्तिकै
योगदान दिँदै आएका कार्की राजधानी सरोकार समाजका सहसंयोजक भएर इटहरीमा
प्रदेशको राजधानी बनाउने अभियानमा यस अघि सक्रिय थिए ।
युवाहरुको
विच लोकप्रिय रहेका कार्कीले सुनसरीमा खेलकुदको विकासका लागि पनि योगदान
दिएका छन् । उनले इटहरीमा रात्रीकालीन क्रिकेट र फुटबल प्रतियोगिताको समेत
आयोजना गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा असंख्य
कामहरु गरेर उनी जनताबिच स्थापित छन् ।
देशभर जनताले नयाँ अनुहार र
युवा नेतृत्वको माग गरिरहेको सन्दर्भमा सुनसरीको क्षेत्र नं. ३ (क) बाट
कार्कीलाई एमालेले प्रदेश सांसदमा सिफारिस गरेकाेले सुनसरी ३ मा नेकपा
एमालेकाे माहाैल बनेकाे छ ।
0 प्रतिकृया