काभ्रेको सिपाघाटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, २१ भदौ । काभ्रेपलाञ्चोकको सिपाघाटमा काठमाडौं मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १११४ जना बिरामी लाभान्वित भएका छन् ।
सिनामंगलस्थित केएमसीले आज सिपाघाटमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएका बिरामी मध्ये १४४ जनाको इसिजी, २१९ जनाको ल्याब परीक्षण तथा १८९ जनाको भिडियो एक्स–रे जाँच गरिएको छ ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा आएका २९ जनाको दाँत खोलिँदा ३७ जना ओटी रेफर गरिएको छ । स्वास्थ्य शिविरमा आएका बिरामीहरुको नाक कान घाँटी, आँखा, स्त्री रोग तथा जनरल स्वास्थ्य मेडिसिन विशेषज्ञ डाक्टर तथा नर्सहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले आम सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको बताएका छन् ।
0 प्रतिकृया