Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


नोबेलमा अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला

एक्सन खबर
भदौ, २५, २०७९


नोबेलमा अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला

विराटनगर, २५ भदौ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । नोबेलमा अध्ययनरत बीएनएस चौथो बर्षका विद्यार्थीहरुको आयोजनामा एक दिने कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा नर्श, डाक्टर, सरसफाइकर्मी, कर्मचारी लगायत सहभागि थिए । सहभागिहरुलाई नोबेलका नर्सिङ्ग डाइरेक्टर निलम झा, बीएनएस चौथो बर्षका कोअर्डिनेटर सिता चापागाई लगायतले फोहोर व्यवस्थापनको राष्ट्रिय अभ्यासका बारेमा जानकारी गराएका थिए । सो अवसरमा अस्पतालजन्य फोहोरलाई बर्गिकरण गरेर बेग्ला–बेग्लै डस्टबिनमा राख्ने र व्यवस्थापन गर्ने विधि सिकाइएको छ ।

कुहिने फोहोर, नकुहिने फोहोर, संक्रमित फोहोर, धारिलो फोहोर, औषधिजन्य फोहोर, प्याथोलोजी फोहोर, साइटोटक्सिक फोहोर, रेडियोधर्मी फोहोर र रसायनिक फोहोरको बेग्ला बेग्लै डस्विन प्रयोग गरेर फोहोर व्यवस्थापनको अभ्यास पनि गरिएको छ ।

अस्पतालमा फोहोरको उचित व्यवस्थापन हुन नसकेमा विरामीहरुमा संक्रमण फैलने, झाडापखला लाग्ने, चोटपटक लाग्न सक्ने, गम्भीर रोग निम्तिने जस्ता खतरा हुँने भएकाले फोहोर व्यवस्थापनलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको नोबेलका नर्सिङ्ग डाइरेक्टर झा बताउँछिन् ।
















0 प्रतिकृया