Follow us:


Follow us

२३ मंसिर २०७९, शुक्रवार
२३ मंसिर २०७९, शुक्रवार


जहाँ इन्जिनियरिङ अध्ययन गर्दा छात्रवृत्तिका अवसरै अवसर पाइन्छ

एक्सन खबर
भदौ, २५, २०७९




जहाँ इन्जिनियरिङ अध्ययन गर्दा छात्रवृत्तिका अवसरै अवसर पाइन्छ

काठमाडौं, २५ भदौ । सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापना भएको नेपाल इन्जिनियरिङ कलेज (नेक) मा अध्ययन गर्ने विद्यार्थीहरुले कलेज तथा विदेशका कलेजमा समेत अध्ययन गर्न छात्रवृत्ति पाउने गरेका छन् । कलेजमा इन्जिनियरिङ विधाका ६ वटा विषयमा अध्यापन हुने गरेकोमा विश्वविद्यालयले दिने छात्रवृत्ति वाहेक कलेज आफैंले प्रदान गर्ने छात्रवृत्ति पनि अन्य कलेजहरुको दाँजोमा बढी छ ।

शैक्षिक सत्र २०२२ का लागि इन्जिनियरिङ विधाका विभिन्न विषयमा भर्ना खुल्ला गरेकोमा १० देखि ५० प्रतिशत छात्रवृत्तिहरु दिएको छ । कलेजले वि.इ. सिभिल, वि.इ.कम्प्युटर, वि.इ.सिभिल एण्ड रुरल, वि.इ.इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, वि.इ.आर्किटेक्चर, वि.इ. इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा वि.इ. सिभिल फर डिप्लोमा होल्डर्समा नयाँ विद्यार्थी भर्ना सुरु गर्दा १० देखि ५० प्रतिशत छात्रवृत्ति समेत घोषणा गरेको हो ।

कलेजले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा ५० प्रतिशत, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा २५ प्रतिशत, कम्प्युटरमा १५ प्रतिशत तथा सिभिल फर डिप्लोमा होल्डर्समा १० प्रतिशत छात्रवृत्ति दिएको कलेजका एकेडेमिक कोअर्डिनेट एशोसिएट प्रोफेसर बाबुराम भट्टराईले जानकारी दिए ।



साथै, कलेजले सातै प्रदेशका लागि एक/एक वटा छात्रवृत्ति सिट समेत छुट्याएको छ । यस्तो सिटमा प्रत्येक प्रदेशबाट आउने विद्यार्थीहरुले प्रवेश परीक्षामा प्राप्त गर्ने उत्कृष्ट अंकका आधारमा छात्रवृत्ति दिइने गरिएको छ । ‘प्रादेशिक छात्रवृत्ति अन्तरगत प्रत्येक प्रदेशका लागि एक/एक वटा सिट छुट्याएका छौं । सरकारी विद्यालय पढेका हरेक प्रदेशबाट आएका विद्यार्थीविच प्रतिष्पर्धा गराएर तिनीहरुबाट दुईदेखि तीन जना छनौट गरी उत्कृष्टताका आधारमा एक/एक जनाले छात्रवृत्ति पाउँछन् ।’ छात्रवृत्ति प्रदान गर्न गाइडलाइन नै बनाइएको एकेडेमिक कोअर्डिनेटर भट्टराईले बताए ।

याेपनि हेर्नुहाेस्

नेकका चार विद्यार्थीलाई स्पेनको विश्वविद्यालयबाट आकर्षक छात्रबृत्ति


यसैगरी कलेजमा चाँगुनारायण नगरपालिकाको ५ वटा छात्रवृत्ति रहेको छ । पछिल्लो समय नेक चाँगुनारायण नगरपालिका मातहतको बोर्डमार्फत सञ्चालनमा रहेकाले सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय विद्यार्थीहरुका लागि अवसर दिइएको हो । साथै, कलेजले संस्थापक सञ्चालकहरुका तर्फबाट दुईवटा छात्रवृत्ति समेत प्रदान गर्ने गरेको छ । ‘कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्था रहेकाले प्राविधिक शिक्षामा विद्यार्थीहरुको पहुँच पुगोस भनेर अधिकतम विद्यार्थीहरुलाई छात्रवृत्तिहरु दिने गरेका छौं ।’ एकेडेमिक कोअर्डिनेटर भट्टराईले भने ।

कलेजको प्रवेश परीक्षामा उत्कृष्ट हुने तथा सेमेष्टरमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि छात्रवृत्ति दिइन्छ । भने, कतिपय अवस्थामा विद्यार्थीको आर्थिक, शैक्षिक, भौगोलिक, पारिवारिक अवस्था हेरेर पनि विभिन्न छुटहरु दिईंदै आएको छ ।

यस्तैगरी, कलेजमा अध्ययन थालेसँगै कतिपय विषयमा विदेशी विश्वविद्यालयबाट प्राप्त हुने छात्रवृत्ति समेत पाइन्छ । विश्वका धेरै विश्वविद्यालय र कलेजसँग नेकको सहकार्य रहेकोले अन्तिम वर्षको सेमेष्टर अध्ययनकालागि युरोपेली विश्वविद्यालयमा समेत पूर्णछात्रवृत्तिमा जान पाइन्छ ।

याे पनि

मनुजा र सहर्षालाई जर्मनीमा इन्टर्न गर्ने अवसर


गएको वर्ष इरास्मस छात्रवृत्ति कार्यक्रम अन्तरगत इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ, आर्किटेक, सिभिल एण्ड रुरल तथा सिभिल इन्जिनियरिङ विषयमा अध्ययनरत चार विद्यार्थीलाई स्पेनको युनिभर्सिडेड पोलिटेक्निका डे कार्टाजेनाले छात्रवृत्ति दिएको थियो । यस्तै, जर्मनीको सुपरटेक्चर नामक संस्थाले पनि आर्किटेक्चर कार्यक्रमका दुईजना विद्यार्थीहरूलाई इन्टर्न गर्ने मौका दिएको थियो ।

कलेजले छात्राहरुका लागि ६ वटा विषयमा २० प्रतिशत सिट आरक्षण गरेको छ । इन्जिनियरिङ शिक्षामा छात्राहरुलाई आकर्षित गराउन २० प्रतिशत सिट छात्राहरुको लागि आरक्षित गरिएको हो । यसले कक्षा १२ पछिको उच्च शिक्षामा इन्जिनियरिङ तर्फ छात्राहरुको उपस्थिति बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

२०५२ सालदेखि सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित यस कलेजमा पोखरा विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने १० प्रतिशत छात्रवृत्ति समेत रहेको छ । उक्त छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले विश्वविद्यालयले लिने प्रवेश परीक्षामा उत्तिर्ण भई मेरिट लिस्टमा नाम निकाल्नुपर्छ ।













0 प्रतिकृया