Follow us:


Follow us

१६ चैत २०८०, शुक्रवार
१६ चैत २०८०, शुक्रवार


वी.पी. प्रतिष्ठानको २९औं वार्षिकोत्सव तथा १०९औं वी.पी. जयन्ती सम्पन्न

एक्सन खबर
भदौ, २४, २०७९


वी.पी. प्रतिष्ठानको २९औं वार्षिकोत्सव तथा १०९औं वी.पी. जयन्ती सम्पन्न

धरान, २४ भदौ । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २९ औं वार्षिकोत्सव तथा १०९ औं वी.पी.जयन्ती सम्पन्न भएको छ । प्रतिष्ठानको उपकुलपति कार्यलयको प्राङ्गणमा आयोजित कार्यक्रमको प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानी प्रसाद खापुङ रहेका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै मन्त्री खापुङले प्रतिष्ठानको विकासका लागि आवश्यक पर्ने सहयोग उपलब्ध गराउन मन्त्रालय तत्पर रहेको बताए । प्रतिष्ठानले प्रदेश १, मधेश प्रदेशसँगै छिमेकी मुलुक भारतका सिमावर्ती क्षेत्रका जनताको स्वास्थ्य उपचारमा टेवा दिएको बताउँदै प्रतिष्ठानको विकास र स्तरोन्नतीमा मन्त्रालयको भूमिका सकारात्मक रहने बताए ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानले हालसम्म हासिल गरेका उपलब्धीहरुका बारेमा जानकारी गराउनुका साथै सञ्चालनमा देखा परेका चुनौतीहरुलाई सम्बद्ध सबैले एकजुट भई सामना गर्दै वृहत्तर विकासमा दृढतापूर्वक लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादव एवं संघिय सांसद जयकुमार राईले पनि प्रतिष्ठानको विकास र हितका लागि सहयोग र सहकार्य गर्ने बताए ।

कार्यक्रममा मित्रराष्ट्र भारतबाट आएका २१ औं वीपी मेमोरियल ओरेसनका विद्वतवक्ता पद्मश्री प्रा.डा.दिगम्बर बेहेरा, दिल्ली विश्वविद्यालयका प्राध्यापक डा.राजकुमारको समेत उपस्थिती रहेको थियो । यसका साथै विभिन्न राजनैतिक दलका नेता, प्रतिनिधी, सरकारी तथा गैह्र सरकारी निकायका प्रमुख एवं प्रतिनिधीहरु, विभिन्न शिक्षण संस्थाहरुका प्रतिनिधीहरु, नागरिक समाजका विशिष्ट व्यक्तित्वहरु लगायत प्रतिष्ठानका विभागिय प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, चिकित्सक, कर्मचारी एवं विद्यार्थी सहभागिता रहेको थियो ।

नेपाल भारतको मैत्रिपूर्ण सहयोगमा २०५० सालमा तत्कालिन पूर्वाञ्चलको सुनसरी जिल्ला धरानमा स्थापना भएको प्रतिष्ठान नेपालको मात्र नभएर दक्षिण एशियाकै स्वास्थ्य केन्द्रको प्रतिष्ठित संस्थाको रुपमा रहेको छ । यहाँ भारत लगायत पूर्वी नेपालका चार हजार भन्दा बढि विरामीहरुले दैनिक रुपमा स्वास्थ्य सेवा लिइरहेका छन् । अनुभवी र विज्ञ चिकित्सकहरु द्धारा सेवा प्रदान हुने प्रतिष्ठानमा विश्वसनीय स्वास्थ्य उपकरणहरुबाट रोग परीक्षण र निदानका उपायहरु पत्ता लगाइने भएकाले पनि विरामीहरुको विश्वासको केन्द्र बन्दै गएको छ ।  

उक्त अवसरमा प्रतिष्ठानको अडिटोरियम हलमा भारतका २१ औं वीपी मेमोरियल ओरेसनका विद्वतवक्ता पद्मश्री प्रा.डा. बेहेराले ‘फोक्सोको क्यान्सरको विशेष सन्दर्भमा दक्षिण एसियाली एकेडेमिक मेडिसिनभन्दा बाहिर क्यान्सर हेरचाह स्थापना गर्ने दिशामा मेट्स–रिफ्लेक्सन’ वियषमा प्रवचन दिएका थिए । साथै उक्त अवसरमा प्रतिष्ठानको वार्षिक प्रगति विवरण तथा आगामी वर्षको कार्ययोजना सहितको पुस्तक पनि विमोचन गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले बताए ।


















0 प्रतिकृया