Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


नेपाल इन्जिनियरिङ कलेजका मनुजा र सहर्षालाई जर्मनीमा इन्टर्न गर्ने अवसर

एक्सन खबर
बैशाख, ८, २०७९


नेपाल इन्जिनियरिङ कलेजका मनुजा र सहर्षालाई जर्मनीमा इन्टर्न गर्ने अवसर

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) का दुई विद्यार्थीलाई जर्मनीको सुपरटेक्चर नामक संस्थाले इन्र्टन गर्ने मौका दिएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा मुनाफारहित संस्थाको रूपमा भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित कलेजमा आर्किटेक्चर कार्यक्रमका दुईजना विद्यार्थीहरूलाई जर्मनीको सुपरटेक्चर संस्थाले इन्टर्न गर्ने मौका दिएको हो ।

कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठका अनुसार यस वर्ष नेकको आर्किटेक्चर कार्यक्रममा २०१७ भर्ना समुहका आठौं सेमेष्टरमा अध्ययनरत सुश्री मनुजा श्रेष्ठ र सहर्षा पौडेललाई इन्टर्न गर्ने मौका मिलेको छ । पोखरा विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रम अनुसार आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले पुरै सेमेष्टर नाम चलेका स्तरीय आर्किटेक्चर कम्पनीहरूमा काम गरी अनुभब प्राप्त गरी सेमेष्टरको अन्त्यमा प्रतिवेदन समेत पेश गर्नु पर्दछ ।

आठौ सेमेष्टरमा आर्किटेक्चर कम्पनीहरूमा काम गरेको अनुभवबाट विद्यार्थीहरूलाई नवौं र दशौं सेमेष्टरमा गर्नुपर्ने फाइनल डिजाइनमा समेत सघाउने भएकोले इन्टर्नबाट शिक्षाको गुणस्तर समेत उँभोलाग्ने विज्ञहरूको राय छ ।

विकसीत मुलकका संस्थाहरूले नेकमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्न गर्ने मौका दिनुबाट यस कलेजको गुणस्तर स्वतः झल्किने कलेजको आर्किटेक्चर विभागका प्रमुख आर्किटेक्ट न्हसला सायमीको भनाई छ ।

पहिलो पटक नेपालबाट उक्त संस्थामा इन्टर्नकोलागि छानिएकोले ती विद्यार्थीहरूले राम्रो दक्षता प्रदर्शन गर्नसके आगामी वर्षहरूमा नेपालका अन्य कलेजहरूबाट समेत विद्यार्थीहरू छानिन सक्ने कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठको भनाई छ । सुपरटेक्चरले विगतमा चाँगुनारायण नगरपालिकाको दोक्सान गाउँमा दिगो निर्माण प्रविधि प्रयोग गरी विभिन्न सामाजिक कामहरू समेत गरेका थिए ।

याे पनि पढाैं

नेकका चार विद्यार्थीलाई स्पेनको विश्वविद्यालयबाट आकर्षक छात्रबृत्ति


जर्मनीको कौफ्बोइगन शहरमा मुनाफारहित संस्थाको रूपमा सञ्चालित सुपरटेक्चरले प्रत्येक वर्ष विश्वभरिका विश्वविद्यालयहरूबाट आफ्नो संस्थामा इन्टर्न गर्ने चाहने निवेदकहरू मध्येबाट केहिलाई मात्र यस्तो मौका दिने गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरु विश्वका उत्कृष्ट विश्वविद्यालय तथा कम्पनीहरुमा पूर्ण छात्रबृत्तिमा अध्ययनका लागि समेत जाने गरेका छन् । केही समय अगाडी मात्रै कलेजका चार विद्यार्थीलाई स्पेनको युनिभर्सिडेड पोलिटेक्निका डे कार्टाजेनामा आफ्नो विषयको फाइनल सेमेष्टर पुरा गर्ने आकर्षक छात्रबृत्ति प्राप्त भएको थियो ।













0 प्रतिकृया