Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


धापासीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा ७६३ जनाको स्वास्थ्य जाँच

एक्सन खबर
भदौ, २७, २०७९


धापासीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा ७६३ जनाको स्वास्थ्य जाँच

काठमाडौं, २७ भदौ । सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको काठमाडौं मेडिकल कलेजले धापासीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले आज टोखा नगरपालिकाको वडा नं. २ वडा समितिको कार्यालयमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

केएमसीका जनरल मेजेनर नारायण दाहालका अनुसार उक्त शिविरमा आएकाहरु मध्ये १६१ जनाको इसिजी, १८७ जनाको ल्याब परीक्षण, १५२ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, २९ जनाको दाँत खोलिएको तथा ४२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।

केएमसीको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँदै गाउँगाउँ पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकताका साथ सञ्चालन गरिएको कार्यकारी अध्यक्ष तथा समाजसेवी डा. सुनिल शर्माले बताएका छन् । बिराटनगरमा नोवेल शिक्षण अस्पताल मार्फत प्रदेश १ र २ का जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्दै आइरहेका उनले केएमसीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई उच्चस्तरीय बनाउँदै लगेका छन् ।  















0 प्रतिकृया