धापासीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा ७६३ जनाको स्वास्थ्य जाँच
काठमाडौं, २७ भदौ । सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको काठमाडौं मेडिकल कलेजले धापासीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले आज टोखा नगरपालिकाको वडा नं. २ वडा समितिको कार्यालयमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
केएमसीका जनरल मेजेनर नारायण दाहालका अनुसार उक्त शिविरमा आएकाहरु मध्ये १६१ जनाको इसिजी, १८७ जनाको ल्याब परीक्षण, १५२ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, २९ जनाको दाँत खोलिएको तथा ४२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।
केएमसीको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँदै गाउँगाउँ पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकताका साथ सञ्चालन गरिएको कार्यकारी अध्यक्ष तथा समाजसेवी डा. सुनिल शर्माले बताएका छन् । बिराटनगरमा नोवेल शिक्षण अस्पताल मार्फत प्रदेश १ र २ का जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्दै आइरहेका उनले केएमसीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई उच्चस्तरीय बनाउँदै लगेका छन् ।
0 प्रतिकृया