संविधान दिवसकाे पूर्वसन्ध्यामा नेकपा एमालेकाे पदयात्रा (फाेटाे फिचर)
काठमाडाैं, १ असाेज । संविधान दिवसकाे पूर्वसन्ध्यामा नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे। उनको साथमा धर्मपत्नी राधिका शाक्य सँगै नेकपा एमालेका शिर्षस्थ नेताहरू सहभागी रहेका थिए ।
बिहान ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू हुँदै बसन्तपुरमा गएर टुंगिएकाे थियाे । यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।
वाकथनको बसन्तपुरमा अध्यक्ष ओलीले सम्बोधन गर्दै मंसिर ४ गते हुन गइरहेकाे निर्वाचनमा नेकपा एमालेलाइ स्पष्ट बहुमत दिन अनुराेध गरे ।
हेर्नुहाेस् फाेटाेफिचर
0 प्रतिकृया